'म आफैले गर्दा दु:ख पाएको हो' यति
भनेपछि उ बोल्न बन्द गर्यो । म नसुनेझै गरे पनी सुनी रहेको थीए । सायद उसको छेउमा
बसेर एकटकले सुन्दै टाउको हल्लाउने उसको साथी थीयो होला । म बसमा चढ्न भन्दा पहिला
बाट होला उनिहरुको कुराकानी सुरु भएको । मैले उनीहरु को कुरा सुन्दा लाग्यो विचरा
सार्है दु:ख पाएको रैछ भनेर । म मात्र होइन मेरो ठाउमा भएर जो कोइले उनीहरुको कुरा
सुनको भए पनी तेही अड्कल गर्थे होलान् । केहीबेर अगाडि उ भन्दै थीयो,'सायद
भगवानले नै मलाई यस्तो गरेका छन्। कुनै कुरा सजिलै हुन्छ भने नी म किनकिन गार्हो
तरिकाले गरीरहेको हुदो रैछु। जति सजीलो बनाएर गरु भन्यो त्यतीनै अप्ठारो बाटो
रोजीरहेको हुदोरैछु। के गर्ने यार? भगवानले मेरो
लागी पक्कै केही राम्रो त लेखेका होलान् नी?' उसले आफ्नो
साथीलाई यस्तो भनीरहदा म आफ्नो मन मनै भगवनलाई भन्दै थीए 'धन्य
प्रभु म एक्लो होला तीमीले यस्तो बनाएको भनेको त मजस्तै अर्को नी बनाएका रैछौ' ।
बस नीरन्तर आफ्नै गती लीइरहेको थीयो म झलास्स भए। म झर्न पर्ने ठाउ पनी कटिसकेछ, अनि
फेरी तेही बसमा फर्कने सङ्कल्प गरेर उनिहरुको कुरा सुन्ने निधो गरे। आज फेरि कसैको
दु:ख सुन्न मन लाग्यो, यस्तै हुनेरैछ आफ्नो दु:ख सुन्ने कोही
न भएपछि। गोजीबाट मोबाईल झिकेर मैले साथीलाइ text गरे म आउन ढिला
हुन्छ भनेर। तेही मोबाईल चलाएको अभिनय गरेर फेरि उनि हरुको कुरा सुन्दै थीए। 'म
आफैले गर्दा दु:ख पाएको हो' भनेर रोकिएको उ आफ्नो साथीलाई ल म
झर्ने ठाउ आयो भोलि भेटौला भनेर बसबाट ओर्लियो। बिचरा म जस्को कुरा सुन्न भनेर आफु
ओर्लन पर्ने ठाउमा ओर्लिएको थीइन तेही मान्छे ओर्लीदीयो। मनमनै सोचे भगवानले मलाइ
फेरी ठगे । होइन म भन्दा उ पो ठगीयो, अहिलेको समयमा
अरुको दु:ख सुन्ने मान्छे कहा पाईन्छ र। हुन त मैले सुनेर केनै गर्न सक्थे र भनेर
पनी होला इश्वोरले उसलाई तेही झरालेका र सायद मलाई त्यो बसमा बिनासित्ति बस्न चाही
भगवानले दीएको सजाए होला अरुको दु:ख सुन्ने मात्र भएकाले।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment