पानी र हाम्रो सम्बन्ध







अनी म मोबाइलको घन्टिको आवाजसग ब्युझिए। यति राति कसले फोन गरेछ। मानिस हरु पनि अचम्म अचम्म का हुन्छन् आफु लाई निन्द्रा लागेन भनेर अरुको निन्द्रा खराब गर्न त हुन्न नि हो भन्ने भावनाका साथ मोबाईल तिर हेरे। जुन नम्बरबाट फोन आओस् भनेर हरेक क्षण कुरेर बसेको हुन्थ्ये, चाय भर्खर कुरा गरेर भ्यायको समय होस् या भर्खर भेटेर फर्केको बेला होस्, यो नम्बर जुन अहिले मेरो मोबाइलले देखाई रहेको छ त्यो नम्बरको म हरपल प्रतिक्षा मा हुन्थे। अघि मनमनै गरेको गालिले ग्लानि भैरहेको थियो। फोन उठाउन भन्दा पहिले समय कति बझेछ भनेर नोटिफिकेसन बारमा हेरे। १२:४५। यति राति किन भनेर मनमा अनेक कुरा खेलाउदै फोन उठाए।
उम्म् भन।
उताबट केहि आवाज आउदैन अनि मनमा डर लाग्यो कतै……
आत्तिदै, के भयो? किन नबोलेको?
फेरि आवाज आएन। मध्यरात अनि उनको फोन, उठाएर बोल्दा कोहि केहि बोल्दैनन्, अचानक मुटुको धड्कन बड्न थाल्यो। एकैछिनमा मुटु यसरि धड्कदै थियो, त्यो धड्कनको अगाडि २०७२ वैशाख १२ को भुकम्प पनि सानो लाग्यो, वैशाख १२ को भुकम्पले कति घर ढले कति क्षति भए, तर यो भुकम्पले मेरा सपाना र त्यो सपनामा बनेको घर ढल्दै थियो। यस्ता यस्तै कुराहरु मनमा खेलिरहेको बेला उताबाट आवाज आयो,
सुन्यौ।
अ तिमिले सुन्यौ भनेको सुने,हल्का रीसाउदै मैले भने।
तिमि त्यसै रीसाउछौ, बच्चा जस्तै कहिले त्यसै हास्छौ त कहिले त्यसै रीसाउछौ। उताबाट अघिको सुमधुर स्वर बडिनै सुमधुर र निराश आयो। अब उसलाई मेरो मनमा गएको भुकम्पको कुरा गरु भने अर्को गल्ति हुन्छ, त्यसैले केहि नभनि ,
सरि बाबा सरि ।
बाबा यो शब्द अत्यन्तै प्यारो थियो मेरो लागि। एक बाबा मलाई जन्मदिने र यो बाबा मलाई जन्मनुको अर्थ सिकाउने। सायद त्यसैले होला मैले उनलाई प्राय बाबा भनेर बोलाउने गर्थे। उनि पनि मैले बाबा भन्दा यसरि पग्लन्थिन, फाल्गुनतिर माचापुछ्रेको हिउ पग्लेको जसरी। फरक यति थियो माचापुछ्रे पग्लदा कालो आकृति मात्र देखिन्थ्यो तर उनि पग्लदा यस्तो देखिन्थ्यो कि बिहानि पख सेताम्मे भएको हिमालमा सुर्यले सिन्दुर लागायको दृश्य पनि कम हुन्थ्यो।
सरि नभनन
ल तनि सरि भनेको मा सरि, म जिस्कन थाले।
फेरि उताबाट केहि आवाज आएन, बोल्नमा केहि गल्ति भयो कि भनेर म अघि बोलेका कुराहरु दिमागमा दोहोर्याउन थाले। अहँ गल्ति त कतै पनि भएको छन त, फेरि पनि किन बोलिनन् । मैले यति सोच्दै गर्दा उताबाट फेरि आवाज आयो
सुन्यौ
उम्म्, तिमिले सुन्यौ भनेको सुने
बाहिर पानि परेको छ, आवाज सुनेनौ।
उनले यति भनेपछि बल्ल थाहा भयो बाहिर पानि परेको रहेछ। सिमसिम पानि। हरेक पटक पानि पर्दा उनि मलाई यसरि नै फोन गर्ने गर्थिन र भन्थिन,'तिमि अहिले मेरो छेउमा भएको भए सगै पानिमा रुझ्नु हुन्थ्यो। तिमि मेरो कम्मरमा र म तिम्रो काधमा हात रख्थे र हामी एक अर्काको अङगालोमा हराउनु हुन्थ्यो।' आज पनि उनि त्यहि भन्दै थिन्।
हामी सगैँ हुदा पानि कति निष्ठुरी हुन्छ ह, कहिल्यै पर्दैन
म गन्न थाले आजसम्म हामिले एक अर्कालाई कलेजमा बाहेक भेटेका दिनहरु, १, २, ३,४ ।
उम् के है हामि चार चोटि भेट्दा पनि पानि परेको छैन।

No comments:

Get in Touch


Feel Free To Contact

"Let us not be consumed by the fear of life's eventual end, but rather be inspired to make every moment count, and leave a lasting legacy that transcends time."

  • Abu Dhabi, United Arab Emirates
  • +971 56 565 9913
  • kuikelsujan@gmail.com
  • www.sujankuikel.com.np