म मानिस ।
निर दलिएको खुला आकाश मुनि
उदाइरहेको सुर्य सामु
कुनै सपना बुन्छु ।
मेरा सपना,
बलिरहेको आगोको ज्वाला जस्तै
ह्वारह्वारती बल्छ अनि सकिन्छ,
ज्वाला बाट निस्कने धुवाको मुस्लो,
मुस्लो जस्तै मेरा सपना,
केही बेर निर आकाशलाई कालो बनाएर
उडिरहन्छन्, देखीरहन्छन्
तर
तर जब बलिरहेको आगोबाट
टाढा पुग्छन् अनि बिलाउछन् धुवाहरु
त्यसरीनै बिलाउछन् मेरा सपनाहरु
म मानिस
बुढो विशाल शिमलको रुख जस्तै,
शितल दिने अटल रहने,
तर
मेरा सपनाहरु,
शिमलको भुवा जस्तै
रुखमा हुदा शोभादिने
फकृदै गएपछि उडि जाने,
उडि जाने मेर सपना
शिमलको भुवा जस्तै केहिबेर उड्छन् अनि
निश्चित समयपछि, हावालाग्न
छाडेपछि,
पानी पर्न थालेपछि
झर्दै जान्छन् शिमलका भुवा
झर्दै जान्छन् मेर सपना।
म मानिस,
बालक हुदा प्रवाह नगर्ने यो जिवनको
वयस्क भएपछि सपना देख्न थाल्छु,
मेरा सपना
बैशाखिको सहयोग लिने मानिस जस्तै,
लठ्ठि लिएर गन्तव्य तर्फ बढ्ने वृद जस्तै,
केहिबेर अगाडि बढ्छन्,
अगाडि बढ्छन् मेरा सपनाहरु
तर
लम्किरहेको गन्तव्यमा खुड्किलो देखापरेपछि
वैशाखी र लठ्ठी जस्तै
रोकिन्छन् मेर सपनाहरु।
सपना को सन्सारमा रुमलीने
म मानिस
रातो पोतिएको विशाल आकाश मुनि,
अस्ताइरहेको सुर्य सामु,
अस्तित्वको निरन्तर खोजी,
एउटा मीठो सपना
अनि त्यो सपना को निम्ति
एउटा मीठो सङ्घर्स
एउटा मानिस एउटा सपना
म मानिस, मेरो सपना।
No comments:
Post a Comment