'आफु त सात सम्म मात्र पढेको'

म बस स्टेसनमा कलेजको ड्रेस लगाएर उभिरहेको थीए । दिमागमा अब घर गएर साथीको नोट मज्जा सग सारीन्छ भन्ने अठोट लीएर भर्खर पिएको अनारको जुसको रसको स्वादमा रमाईरहेको थीए । केहीभेरमा बस आयो अनि म बसको पछाडिको सीटमा गएर बसे । एकैछिन पछि सहचालक भाई , हेर्दा भर्खरको  सानो र पक्कै पनि म भन्दा उमेरले पनि कान्छो होला भनेर भाईको सम्बोधन गर्न चाहे, दाई भाडा भेनेर । गोजिमा भएको १० को नोट झिकेर दीए । 'कार्ड छ र दाई' उ भन्दै थीयो मैले फेरि गोजि बाट अर्को ५ को नोट झिकेर उसलाई दिदै भने,'भाई ड्रेसमा हुदानि कार्ड देखाउन पर्छ र?' उ त्यो ५ को नोट लीएर मेरो छेउमा बसेको मान्छेसग भाडा लीदै भन्यो 'खै दाई कार्ड नभए अरु बसले नी ड्रेसको भरमा डिस्काउन्ट दिन्नन् केरे' 'ठिकै छ भाई' भनेर ईएरफोनमा बजीरहेको Katy Perry को ROAR गीत सुन्न तीर ध्यान दीए । एकैछिनपछि दाई लौनुस् भनेर मेरो अगाडि रु ५ को नोट तेर्साउदै तेही भाई आयो। मैले हैन भाई ठीकै छ भनेर फिर्ता लिन इन्कार गरे । केहिबेर अगाडि पिएको अनारको जुसले मेरो माइन्ड फ्रेश बनाएको हुनपर्छ जसले गर्दा मैले त्यो सबै घटना इन्जोय गरेरहेको थीए वा कानमा बजिरहेको गितले सकारात्मक बनाएको थीयो । सहचालक भाईको अनुहारमा हल्का मौनता छाएको जस्तो देखिन्थ्यो। उ केहिबेर पहिलेको भन्दा शान्त र भावुक देखिएको थीयो । बसबाट ओर्लदा 'दाई मेरो नाम राम, दु:ख त मान्नु भएको छैन होलानी' भनेर आफ्नो परिचय दीएको थीयो मैले पनि 'होईन भाई किन दुख मान्नु छ र नाकाबन्दिको बेलामा यो भन्दा धेरै तीरकै हो केरे' भनेर सहचालक भाईलाइ भने । म ओर्लीसकेपछि बस आफ्नो गन्तव्य तीर लाग्यो । सोही भाई ढोकाबाट चिच्चाएर भन्दै थीयो,'के गर्नु दाई आफु त सात सम्म मात्र पढियो र त्यसपछि खलासी बनेर हिडीयो।'

Get in Touch


Feel Free To Contact

"Let us not be consumed by the fear of life's eventual end, but rather be inspired to make every moment count, and leave a lasting legacy that transcends time."

  • Abu Dhabi, United Arab Emirates
  • +971 56 565 9913
  • kuikelsujan@gmail.com
  • www.sujankuikel.com.np