म बस स्टेसनमा कलेजको ड्रेस लगाएर
उभिरहेको थीए । दिमागमा अब घर गएर साथीको नोट मज्जा सग सारीन्छ भन्ने अठोट लीएर
भर्खर पिएको अनारको जुसको रसको स्वादमा रमाईरहेको थीए । केहीभेरमा बस आयो अनि म
बसको पछाडिको सीटमा गएर बसे । एकैछिन पछि सहचालक भाई , हेर्दा भर्खरको सानो र पक्कै
पनि म भन्दा उमेरले पनि कान्छो होला भनेर भाईको सम्बोधन गर्न चाहे, दाई भाडा भेनेर । गोजिमा भएको १० को नोट झिकेर दीए । 'कार्ड छ र दाई' उ भन्दै थीयो
मैले फेरि गोजि बाट अर्को ५ को नोट झिकेर उसलाई दिदै भने,'भाई ड्रेसमा हुदानि कार्ड देखाउन पर्छ र?' उ त्यो ५ को नोट लीएर मेरो छेउमा बसेको
मान्छेसग भाडा लीदै भन्यो 'खै दाई कार्ड
नभए अरु बसले नी ड्रेसको भरमा डिस्काउन्ट दिन्नन् केरे' म 'ठिकै छ भाई' भनेर ईएरफोनमा बजीरहेको Katy Perry को ROAR गीत सुन्न तीर
ध्यान दीए । एकैछिनपछि दाई लौनुस् भनेर मेरो अगाडि रु ५ को नोट तेर्साउदै तेही भाई
आयो। मैले हैन भाई ठीकै छ भनेर फिर्ता लिन इन्कार गरे । केहिबेर अगाडि पिएको
अनारको जुसले मेरो माइन्ड फ्रेश बनाएको हुनपर्छ जसले गर्दा मैले त्यो सबै घटना
इन्जोय गरेरहेको थीए वा कानमा बजिरहेको गितले सकारात्मक बनाएको थीयो । सहचालक
भाईको अनुहारमा हल्का मौनता छाएको जस्तो देखिन्थ्यो। उ केहिबेर पहिलेको भन्दा
शान्त र भावुक देखिएको थीयो । बसबाट ओर्लदा 'दाई
मेरो नाम राम, दु:ख त मान्नु
भएको छैन होलानी' भनेर आफ्नो
परिचय दीएको थीयो मैले पनि 'होईन भाई किन
दुख मान्नु छ र नाकाबन्दिको बेलामा यो भन्दा धेरै तीरकै हो केरे' भनेर सहचालक भाईलाइ भने । म ओर्लीसकेपछि बस आफ्नो गन्तव्य तीर लाग्यो
। सोही भाई ढोकाबाट चिच्चाएर भन्दै थीयो,'के
गर्नु दाई आफु त सात सम्म मात्र पढियो र
त्यसपछि खलासी बनेर हिडीयो।'
Subscribe to:
Post Comments (Atom)
1 comment:
ramro chha !!
Post a Comment