आमा!
आमा!! चुनाव छिटो,
आमा!!! चुनाव छिटो गर्नुपर्यो अरे।
मैले भनेको होइन आमा,
बाबा
बाबाले नी भनेका होइनन् ,
तिम्रा लाखौं सन्ततिले भोट हालेर
हो आमा
भोट हालेर सी.एन.एन हीरो बनेका
अनुराधा कोईराला, पुष्पा बस्नेत
तिनीहरुले पनि भनेका होइनन् ।
अहँ, बोलेका छैनन्
ती इन्डियन आईडल जित्ने प्रशान्त तामाङ
चलेकी छैनन् , टेरीया मगर
मात्र आमा
तिनीहरुले सोधिरहेका छन्
तिम्रा मुटुका टुक्रा तिम्रा सन्तति
आफुले आफैलाई
हो आमा आफैलाई सोध्न बाध्य भएका छन् नेपाली
हामी नेपालिले दीएका भोट हरुले
विश्वो जित्न सक्दैनन् र ?
जितेका छन् र जित्नेवाला छन् !
हो आमा,
मिरा राई, बैकुण्ठ मानन्धर जसरी
दकुर्नेछन् नेपालीहरु
तर आमा
तिनीहरुको,
नेपालिहरुको,
हामीहरुको,
एउटा भोटले
जबसम्म,
हाम्रो मन जित्ने छैन
जबसम्म,
देश बनाउनका निम्ति हामीले दीएका भोटहरुले
एक असल नेतृत्व गर्ने राजनेता पाउदैनन्
तब सम्म,
ती कुद्ने खुट्टाहरु, लङ्गडा नै रहनेछन् ।
जबसम्म,
सत्ता र कुर्चिको खेल सकिँदैन
तब सम्म,
ती सलबलाई रहने कम्मरहरुमा पक्षाघात हुनेछन् ।
हो आमा,
जबसम्म,
बदलिँदो ऋतु सगसगै
बदलिँन छोड्ने छैनन् हाम्रो देशका सरकारहरु
तब सम्म आमा,
खुल्ने छैनन् पखेटाहरु।
हिजो,
आमा, हिजो तिनीहरुले छलफल गरे अरे
अब चाडैनै चुनाव गर्ने भनी।
भनिदेउन न तिनीहरु लाई
भारतमा हुन्छ कि चिनमा
विदेशमानै चुनाव गर्ने भनी
किनकी आमा,
नेपालीहरुको मतले देशभित्र काम गर्दो रैन्छ
सायद यहाँ नै हामिले भोट गरेको भए
न रहन्थे प्रशान्त न जित्थीन अनुराधा
हो आमा,
भनिदेउ न तिनीहरुलाई
चुनाव कतै गर्ने भनी।
सम्झाइदेउन तिनीहरुलाई,
देशमा विकास गर्ने भनी
जगाईदेउन तिनीहरुलाई,
माटोको लागी मर्ने भनी।
बुझ्न सकिन
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment